धरान/ प्रदेश नंं १को मुख्य मन्त्रिको लाथि नेकपा एमालेबाट तीन नेताहरूले आकाक्षा देखाएका छन् । एमाले पोलिटव्यूरो सदस्य तथा पूर्व सन्चारमन्त्री शेरधन राई प्रदेश सभाको उम्मेदवारका लागि भोजपुर क्षेत्र नंं २ बाट सिपारिस भई सकेको छ ।

भावी मुख्यमन्त्रीका दाबेदार मानिएका राईलाई भोजपुर २ बाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरिएको एमाले जिल्ला अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

यसअघि २ पटक भोजपुर २ बाट सांसद निर्वा्चित भइसकेका राई यसपटक प्रदेश सभाको उम्मेदवार बनेका हुन् । २०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर कान्छो सांसद बनेका राई अहिले एमालेको १ नम्बर प्रदेश सहसंयोजक छन् ।

यता नेकपा एमालेका सचिव तथा पूर्व पर्यटन मन्त्रि भीम आचार्यलाई पनि प्रदेश सभाका लागि सुनसरी क्षेत्र नंं १ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । उनी पनि मुख्य मन्त्रिका दावेदार हुन ।

प्रदेश नंं १ का संयोजक समेत रहेका आचार्य यस अघि सुनसरी ६ नंं क्षेत्रबाट चुनाव लडेका थिए । सो क्षेत्र सुनसरी १ र दुईमा बाढीएको छ । नेकपा एमालेका प्रभावसाली नेता तथा पार्टी सचिव योगेश भट्टराई पनि मुख्य मन्त्रिका दावेदार हुन ।

उनी पनि ताप्लेजुङबाट चुनाव लड्ने चर्चा चलेको छ । पार्टीका प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले प्रदेश सभामा चुनाव लड्न नै काठमाण्डौबाट मदतादा नामवली ताप्लेजुङ सारेका छन् ।

नेपाली काङ्ग्रेका प्रभावशाली नेता गुरुराज घिमिरे पनि मुख्य मन्त्रिका दावेदार हुन । यसतै झापा–१ बाट विश्वप्रकास शर्मालाई प्रदेशसभाका लागि नाम पार्टिले सिफारिस गरेको छ । उनी मुख्य मन्त्रिका बलिया दावेदार हुन ।

माओवादी केन्द्रले प्रदेश नं. १ को विस्तारित बैठकले बाट गोपाल किरातीलाई सर्वसम्बत मुख्य मन्त्रिको रूपमा अघि सार्ने भएको छ । कुन जिल्लाको कुन क्षेत्रबाट चुनाव लड्ने भने निर्णय भईनसकेको बताईएको छ ।