इलाम । नेकपा एमाले इलामले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको छ । एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र नम्बर १ र नेम्बाङलाई क्षेत्र २ बाट सर्वसम्मत रूपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छानेको एमालेले जनाएको छ । खनाल र नेम्बाङ दुवैको गृहजिल्ला इलाम हो । पूर्वप्रधानमन्त्री खनाल अहिले इलाम क्षेत्र –१ का सांसद् हुन भने नेम्बाङ क्षेत्र २ का सांसद हुन् । खनालले अहिलेसम्म यो क्षेत्रबाट ४ पटक चुनाव जितेका छन् भने उनी एकपटक पराजित भएका छन् । पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ पनि त्यही क्षेत्रबाट लगातार ३ पटक चुनाव जित्ने सभासद् हुन् ।