बागलुङ/मुस्ताङको स्याउ बागलुङमा महँगोमा बिक्री भइरहेको खबर आजको कान्तिपुरमा छ । यातायातका साधन नचल्दा खच्चरमा बोकाएर ढुवानी गर्नुपरेकाले स्याउको भाउ बढेको हो ।
व्यवसायीले मुस्ताङ स्याउ बागलुङमा प्रतिकेजी १ सय ८० रुपैयाँसम्म बिक्री गरेका छन् । मुस्ताङका किसानले प्रतिकेजी ६० देखि ७० रुपैयाँमा बिक्री गरे पनि ढुवानीको समस्याले मूल्य बढेको हो ।