काठमाडौ/ मनास्लु हिमाल आरोहण गर्ने क्रममा सोमबार बिहान एक बेलायती नागरिकको मृत्यु भएको छ। एचजी मनास्लु एक्पीडिसन आरोहण दलबाट मनास्लु हिमालको आरोहण गर्ने क्रममा वेलायतका ४६ वर्षीय फिल्लिप जोसेफ हार्भेको मृत्यू भएको हो। क्याम्प चारमा विरामी भएपछि फर्किने क्रममा तेस्रो क्याम्प ९६,७५६० मा बिहान ५ बजे उनको मृत्यू भएको आरोहण दलका गाइड लाक्पा भोटेले बताए। आरोहणदलमा १२ जना विदेशी आरोही रहेका छन्। वेलायतका दुई, अमेरिकन एक, जर्मन एक, फ्रान्च एक, जापान एक, नर्वे एक, स्वीजरल्याण्ड दुई, अर्जेनटिना एक, कोसोभा एक र स्पेनका एक आरोही रहेका छन्। बाँकी ११ जना आरोही सकुशल रहेको एजेन्सी हिमालयन गाइड नेपालले जनाएको छ। आरोहणदललाई गाईड लाक्पा भोटे र सिद्धी तामाङले नेतृत्व गरेका छन्।

हाई पचाउन नसकेर वेलायती आरोहीको मृत्यू भएको बुझिएको छ। बाँकी आरोहण दलका सदस्यले भने निरन्तर आरोहणलाई अघि बढाउने एजेन्सीको भनाई छ। यता मृतक आरोहीको जानकारी बारे सरकारले खटाएको सम्पर्क अधिकृत करिश्मा भण्डारीलाई भने यस बारे कुनै जानकारी छैन। उनी एक साता अघि आधार शिविर पुगे पनि तुरुन्त फर्केका थिए। आरोहण दललाई उद्धार र थप समन्वय सहयोग नगरेको विदेशी आरोहीको आरोप छ। मृतकको शवलाई काठमाडौ ल्याउन हेलिकप्टर त्यस क्षेत्रमा उडी सकेको एजेन्सीले जनाएको छ।

अन्नपुर्ण