-
Home
-
अर्थ
-
सिनर्जी फाइनान्सले ७०५ हकप्रद निष्कासन गर्ने, चुक्ता पुँजी ८० करोड पुर्याउने योजना
सिनर्जी फाइनान्सले ७०५ हकप्रद निष्कासन गर्ने, चुक्ता पुँजी ८० करोड पुर्याउने योजना
काठमाडौं/सिनर्जी फाइनान्सले ७०५ हकप्रद सेयर जारी गर्ने भएको छ । फाइनान्सले १ः०.७ अनुपातमा हकप्रद निष्कासन गर्ने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकले तोके बमोजिम चुक्ता पुँजी ८० करोड पुर्याउन हकप्रद जारी गर्न लागिएको कम्पनीले जनाएको छ । हाल सिनर्जीको चुक्ता पुँजी ४७ करोड ४४ लाख ९ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १८ करोड ११ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ९५ पैसा छ ।