धरान/नेतृत्व विकास तालिमपछि पछाडी पारिएका महिलाहरुलाई ‘राजनीतिक पहुँच’ राख्न सक्ने सामाथ्र्य राखेका छन् । पछाडी पारिएको महिलाहरुको सञ्जालको नेतृत्व विकास परियोजना अन्तर्गत सुनसरीमा ३० जना महिलाहरुलाई तालिम प्रदान गरिएको थियो । उक्त तालिमपछि ५ जना महिलाहरु स्थानीय तहमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्न सफल भएको सामना नेपालकी अध्यक्ष चेतना श्रेरेङले बताइन् । उनका अनुसार जसमध्ये १ जना निर्वाचित बन्न सफल भएकी छन् । सुनसरीमा सवाह नेपालले परियोजना सञ्चालन गरिरहेको छ । सामानामा आवद्ध महिलाहरुलाई तालिम प्रदान गरेपछि ती महिलाहरुले यसपटकको स्थानीय तहको चुनावमा आफ्नो दर्विलो उपस्थिति देखाएको सवाहका सुनसरी संयोजक यज्ञराज खनालले बताए । कतिपय महिलाहरुले निर्वाचनमा मतदाता शिक्षा र कानुनको विषयमा जानकारीसमेत गराउन सक्ने भएको उनले बताए । उक्त परियोजनाले प्रदेश नम्बर १ को ६ जिल्लामा कार्यक्रम सञ्चानल गरिहेको छ । जसमा ६ जिल्लाबाट २७ जना निर्वाचित हुन सफल भएको सामनाकी अध्यक्ष श्रेरेङले बताइन् । पछाडी पारिएका महिलाहरुलाई सामाजिक रुपमा सक्रिय सहभागिता, समाजले हेर्ने दृष्टिकोणमा परिवर्तनको लागि विभिन्न प्रकारका सचेतनामूलक कार्यक्रम, बजेट विनियोजन, सूरक्षा कार्याक्रम आवश्यक रहेको संयोजक खनालले बताए । यसैबीच दशैंतिहार तथा छैठको शुभकामनासमेत आदानप्रदान गरिएको थियो । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ