विराटनगर/ विराटनगरको मेरिल्याण्ड कलेजमा दशै विशेष साँस्कृतिक कार्यक्रममा छुटै सांगीतिक माहोल छायो । कलेजले नेपालका चर्चित गायक एड्रिन प्रधान सहित चर्चित ब्याण्डको बिशेष प्रस्तुतिले माहोल संगीतमय बन्यो ।
कलेजले दशैको अवसर पारेर आयोजना गरेको दशै विशेष साँस्कृतिक कार्यक्रममा गायक एड्रिनको चर्चित गीतहरुले सहभागि सबैले छुट्टै मनोरञ्जन दिलाए । उनले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरि सहभागीलाई छमछमि नचाए । विराटनगरमा लामो समयपछि चर्चित गायको उपस्थितीमा भएको सांगीतिक कार्यक्रममा विभिन्न सहरदेखिको एड्रिनको फेनको उपस्थीति देखिन्थो । गायक एड्रिनले गीत प्रस्तुत गरि रहदा सहभागिहरुले स्वरमा स्वर मिलाउदै नतमत्त भएर नृत्य गरेको माहोल देखिन्थो । स्थानिय कलाकाहरुहरुको प्रस्तुती पछि मन्च उपस्थिीत भएका गायक एड्रिनले एक दर्जन गीत प्रस्तुत गरे ।
कलेजका बिबिएम अध्यनरत ३ सय ५० भन्दा बढी बिद्यार्थीहरुका लागि दशैँमा विशेष कार्यक्रम आयोजना गरिएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए । दशैँ विशेष कार्यक्रममा गायक एड्रिनसहितको ब्याण्डको बिशेष प्रस्तुति रहेको थियो । कलेजका बिद्यार्थीहरुको गायन तथा नृत्य , बिभिन्न खेल र खानाका स्टलहरु राखिएको थियो । दुई घण्टा लामो एड्रिन प्रधानको कार्यक्रममा कलेजका बिद्यार्थी, शिक्षक तथा अतिथिहरुले संगीतको भरपुर मनोरञ्जन लिएका थिए ।
नेपालीहरुको महान चाड बडा दसैँको अवसरमा बिद्यार्थीहरुका लागि मनोरंजन साथै आफ्नो प्रतिभा देखाउने माध्यमको रुपमा कार्यक्रम भएको कलेजले जानाएको छ । बेलायतको १८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भर ह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा मरिल्याण्डमा संचालन हुँदै आएको छ । फोटो पनि छ ।