काठमाण्डौं । नेपाल टेलिकमले दसैंका लागि रिचार्ज सेवा मार्फत वोनस उपलब्ध गराउने भएको छ । रिचार्जमा बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गते देखी १० गते सम्म ५०, १००, २००, ५०० र १००० रुपैयाँका रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । त्यसैगरी १० रुपैयाँ र सो भन्दा बढी एम्पोस मार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ । जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत १ सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने टलिकमले बताएको छ । त्यसैगरी कम्बो प्याकेज, भ्वाइस प्याकेज लगाएतका सुबिधा सञ्चालनमा ल्याइने टेलिकमले जनाएको छ ।