पाँचथर/तत्कालीन राप्रपा नेपाल र राप्रपा बीच एकिकरण पछि जिल्ला अधिवेशन भएको आठ महिना पनि नबित्दै अन्ततः पार्टी बिभाजित बनेको छ ।
अधिवेशन पछि एक पटक पनि जिल्ला कार्य समितिको पूर्ण बैठक नबसि पार्टी बिभाजित बनेको हो । अधिवेशनताका नै स्पष्ट दुई खेमामा देखिएको पार्टीको किचलो गत भदौ २७ गते राप्रपा निटक समितिका सदस्यले अध्यक्ष प्रेमराज थाम्सुहाङलाई कारबाही गरेपछि उत्कर्षमा पुगेको हो । यसै क्रममा राप्रपा प्रजातान्त्रिकले मंगलबार जिल्ला समिति गठन गरेको छ । राज कुमार जोशीको अध्यक्षतामा बनेको समिति ४२ सदस्सीय रहेको छ । राप्रपा जिल्ला समितिका ३९ सदस्यमध्ये ३२ सदस्य प्रजातान्त्रिकमा आएको केन्द्रीय सदस्य सगुनसुन्दर लाओतीले बताए ।
आउँदै गरेको प्रदेश र राष्ट्रसभाको चुनावलाई मध्यनजर गर्दै असोज मसान्त सम्ममा फिदिम नगरपालिका सहित जिल्लाका सबै गाउँपालिका र वडा कार्य समिति बिस्तार गरिसक्ने लाओतीले बताए । साथै चुनाबमा आफ्नो पार्टीले सुधारिएको मत ल्याउँने समेत उनले दाबि गरे । यसअघि कमल थापा नेतृत्वको राप्रपाले भदौ २७ गते नै अध्यक्ष थाम्सुहाङलाई कारबाही गरी अधिवेशनमा पराजीत जगत थापा मगरको अध्यक्षतामा जिल्ला कार्य समिति गठन गरिसकेको छ ।