धरान/मुलुकभर मंगलबार तेस्रो संविधान दिवस मनाइएको छ । संविधान दिवसको अवसरमा काठमाडौंको सैनिक मञ्चमा संविधान दिवस भव्यताका साथ मनाइएको छ ।
[caption id="attachment_56024" align="alignnone" width="1000"]

Courtesy: nepalkhabar[/caption]
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती तथा उच्च पदस्थ नेता, तथा कर्मचारीहरुको उपस्थितिमा संविधान दिवस मनाइएको हो । यस अवसरमा प्रम देउवाले ले संविधान कार्यान्वयन तथा संघीयता संस्थागत गर्ने सवालमा स्थानीय तहको निर्वाचन कोशेढुंगा सावित हुने बताए ।
प्रधानमन्त्री देउवाले निर्वाचन सम्बन्धी सम्पूर्ण कानुन समेत बनाइसकिएको उल्लेख गरे । उनले प्रदेश र संघीय संसदको निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन राजनीतिक दललाई आग्रह गरे । प्रधानमन्त्री देउवाले प्रदेश र संघीय संसदको निर्वाचन पश्चात संघीय संविधान पूर्णतया कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे ।
यस अवसरमा धरान उपमहानगरले पनि संविधान दिवसमा प्रभातफेरी कार्यक्रम गर्दै संविधान दिवस मनाएको छ । धरान उपमहानगरको कार्यालयबाट सुरु भएको र्याली भानुचौकमा आइपुगेर कोणसभामा परिणत भएको थियो ।