काठमाडौं/नेकपा एमालेका अध्यक्ष केपी ओली अन्ततः २ नं प्रदेशको चुनावमा भोट माग्न महोत्तरीको बर्दिबास जाने भएका छन् ।
ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार अध्यक्ष ओली शुक्रबार दिउँसो बर्दिवास जान लागेका हुन् । ओलीले शुक्रबारै बर्दिवासमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बर्दिबास नगरपालिकामा एमालेका तर्फबाट सुरेश बहादुर रावत मेयरका उम्मेदवार बनेका छन् । राउत नायिका बर्षा राउतका बुबा हुन् । अन्य दलका प्रमुख नेताहरु दुई नं प्रदेशको चुनावमा खटिरहेका समयमा ओली भने राजधानीमा व्यस्त बनेपनि मौनवधि सुरु हुनुभन्दा केही घण्टा अघि बर्दिवास जान लगेका हुन् ।
बर्दिबास नगरकमिटीका सचिव गुन्जबहादुर खडकाले जिल्ला र प्रदेशसँग सल्लाह गरेर बर्दिबास नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओलीलाई बोलाएको बताए । उनले सभामा १० हजार बढि मानिस उर्ताने तयारी भएको पनि बताए । ओली मधेश नजानुमा एमालेभित्रकै नेताहरुको फरक फरक धारणा आएको छ । ओली पक्षका नेताहरु ठूला आमसभा नहुने भएकाले नबोलाएको बताउँछन् भने माधवकुमार नेपाल पक्षधर नेताहरु ओलीका कारण बिग्रेको मधेशको माहोल बल्लबल्ल सहज बनेकाले पुन विवाद नआवस भनेर ओली नबोलाएको बताउँछन् । मधेश आन्दोलनको समयमा ओलीले बोलेका केहि विवादास्पद शब्दहरुले अहिलेपनि मधेशका मतदाता ओलीप्रति सकारात्मक नरहेको एमालेको बुझाइ छ ।
ओलीबाहेक एमालेका अन्य नेताहरु २ नम्बर चप्रदेशको चुनाव प्रचारमा खटिरहेका छन् । बरिष्ठ नेता माधबकुमार नेपाल, महासचिव ईश्वर पोख्रेल,सचिव योगेश भट्राई, पृथ्वीसुब्बा गुरुङ लगाएतका नेताहरु चुनाव प्रचारप्रसारमा लामो समयदेखि खटिएका छन् ।
राताेपाटी