पर्सा । वीरगन्जका करिब दर्जन गाउँका स्थानीय सदरमुकाम आवतजावत गर्न भारतीय भूमि प्रयोग गर्नु नपर्ने वातावरण बनाउन माग गरेका छन् । उनीहरूले जंगलको बाटो भएर यात्रा गर्दा जंगली जनावरको सिकार हुनुपरेको भन्दै यस्तो माग गरेका हुन् । मतदाताले प्रमुख राजनीतिक दलका उम्मेदवारसँग माग पूरा गराउन आफूहरूले केन्द्रबाट आउने नेतालाई बस्ती एवं झुपडीमै लगेर पर्सा जिल्लाको वास्तविकता देखाउने योजना बनाएको जिल्लाबाट प्रतिनिधित्व गरेका नेताहरूले बताएका छन् । पर्सा यथार्थमा कर्णालीभन्दा विकट रहेको प्रमाणित गराउनु नै आफूहरूको उद्देश्य रहेको उनिहरको एउटै आवाज रहेको बताए । प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो १० वर्षलाई छाड्ने हो भने पर्साको विकासलाई कर्णालीको डोल्पासँग तुलना गर्नुपर्ने अवस्था आइपरेको भन्दै उनीहरूले दुःखेसो गरे ।