धरान/प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा कोशी उच्च बाधको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गर्ने सहमतिको विरुद्धमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाे काेशी व्युराेले धरानमा बिहीबार जनप्रदर्शन गरेको छ ।
[caption id="attachment_55066" align="alignnone" width="1175"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
पार्टीले कुनै पनि हालतमा कोशी उच्च बाध बन्न नहुने तर्क गर्दै आएको छ । नेपालको हितमा नहुने भन्दै पार्टीले धरानमा विशाल जनप्रदर्शनका साथ भानुचौकमा विरोध सभा कार्यक्रम गरेको छ । विरोध सभाको पूर्वसन्ध्यामा र्याली निकालिएको थियो । जसका कारण केही क्षण ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त बनेको थियो ।
पार्टीले कोशी उच्चबाधको कुनै पनि हालतमा निर्माण गर्न नदिने नेता प्रज्वलले बताए । र्याली धरान नगर परिक्रमा गर्दै भानुचौकमा विरोध सभामा परिणत भएको छ । दुई साता अघि प्रम देउवाले भारतमा राजकीय भ्रमण गरेका थिए । जस क्रममा समकक्षी नरेन्द्र मोदीसँग ४८ बुदे सहमति गरेका थिए । जस अन्तर्गत २८ नम्बर बुँदामा भने कोशी उच्च बाँधको डिपिआर गर्ने सहमति बनेको छ ।