सिरहा/ टिकटको विषयमा विवाद हुँदा नेपाली कांग्रेस सिरहामा खुकुरी हानाहान भएको छ । सिरहा नगरपालिकाको टिकटका विषयमा विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झडपमा १० जना घाइते भएका छन् । नेपाली कांग्रेसको जिल्ला कार्यालयमा झडप भएको हो ।

मेयरको टिकट पाउने पक्ष र नपाउने पक्षबीच खुकुरी हानाहान भएको स्थानीय वासिन्दाले बताएका छन् । मेयरको टिकट पाएका सुभाषचन्द्र यादव र टिकट नपाएर असन्तुष्ट बनेका उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान भएको थियो ।

घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । प्रहरीले झडप भएको स्थानलाई नियन्त्रणमा लिएको जनाएको छ । अहिले झडप साम्य समेत भएको छ । डाक्टर यादवले सिराह नगरपालिकामा मेयरको टिकट पाएका छन् । उनी नेपाली कांग्रेसका कोषाध्यक्ष सितादेवी यादवका छोरा समेत हुन् ।

उपेन्द्र यादवले आफ्नो पक्षका लागि टिकट मागेका थिए । उनी सिरहा नगरपालिकाका पूर्व मेयर समेत हुन् ।

लाेकान्तर