नयाँ दिल्ली/ भारतीय प्रहरीले एक बेलायती नागरिकले दृष्टिबिहीन बालबालिकालाई यौनजन्य क्रियाकलापमा लगाई दुव्र्यवहार गरेको भनी पक्राउ गरेको छ । 

नयाँ दिल्लीको आरके पुरमस्थित विद्यालयमा बेलायती नागरिकले बालबालिकालाई यौनहिंसा गरेको भनी उनलाई पक्राउ गरिएको सोमबार भारतीय अधिकारीले जनाए ।  उनीहरू सोही ठाउँको दृष्टिबिहीन विद्यालयमो अध्ययन गर्ने बालबालिका रहेका बताइएको छ । प्रहरीका अनुसार दृष्टिबिहीनको राष्ट्रिय संगठन ९एनएबी० त्रिपन्न बर्षीय मुर्रे डेनिस वार्ड विद्यालयमा लगातार जाने गरेको र विद्यालयलाई पनि विगत आठ बर्षदेखि नियमित रूपमा आर्थिक तथा अन्य सहयोग दिँदै आएका थिए ।

बेलायती नागरिकलाई आठ बर्ष मुनिका कम्तीमा तीन बालबालिकालाई गुद्वारमा यौनजन्य क्रियाकलाप गर्न लगाएको आरोप लगाइएको प्रहरीले जनाएको छ । उनलाई सोमबार अदालत सामु उपस्थित गराइएको छ । प्रहरीले वार्डको ल्यापटपमा आपत्तिजनक केही भिडियो भेटिएको बताएको छ । रासस÷सिन्ह्वा