बेइजिङ/ चीनका १९ लाख ३० हजार विषेश किसानहरुको सहकारीले ग्रामीण क्षेत्रका एक अर्ब परिवारलाई सहयोग गरेको छ ।
उनीहरुले ग्रामीण क्षेत्रका परिवारलाई आधुिनक कृषि प्रणाली अपनाउन प्रेरित गरेको उद्योग तथा व्यापार सम्वन्धी प्रान्तीय प्रशासनले जनाएको छ । नयाँ किसानहरुको अत्याधिक सहभागीताका कारण विषेश सहकारीले चीनमा लोकप्रियता कमाएको सरकारी अधिकारीको भनाइ छ । कृषि उपमन्त्री ए झेङ क्विनले यस अभियानमा ग्रामीण क्षेत्रका ४६।८ प्रतिशत घरपरिवारको सहभागीता रहेको जानकारी दिए।
किसानहरुको विषेश सहकारीको एक कार्यक्रममा उपमन्त्रीले सोमबार यस अभियानले दश बर्षलाई प्रभाव पारेको बताए । उनले आधुनिक कृिष प्रणाली र नयाँ तरिकाले कृषिको व्यवस्थापनमा अहिले धेरै सहयोग भइ सुधार आएको पनि बताए । रासस÷सिन्ह्वा