वासिङटन/ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढी प्रभावित क्षेत्र टेक्सासमा शनिबार दोस्रो पटक भ्रमण गरेकाे छ । बाढीपीडितलाई पर्याप्त ध्यान नदिएको भन्दै आलोचना भएपछि उनले श्रीमती मेलानिआसहित प्रभावित ठाउँको भ्रमण गरेकाे हो ।

उनले राहत केन्द्रमा पुगेर राहतका लागि भइरहेको प्रयासका बारेमा सोधीखोजी गर्नुभएको सरकारी अधिकारीहरुले जनाएका छन् । उनले बाढी प्रभावितलाई सहयोग गर्न विश्वसमुदायलाई आह्वान पनि गरेकाे छ ।

बाढीले टेक्सास राज्यको हयुस्टनको जनजीवन अस्तव्यस्त बनेको हो । राष्ट्रपति ट्रम्पले यसअघि बाढी आएको केही घण्टामै प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए ।

बाढीका कारण सडकमा रहेका सवारीसाधनसमेत डुबानमा परेका थिए । दर्जनभन्दा बढीको मृत्यु भएको थियो भने सयौँ घाइते र हजाराैँ विस्थापित भएका छन् । रासस÷सिन्ह्वा