धरान /भारत हरियाणकी एक १२ वर्षीय किशोरीमाथि उनका बाबुले ७ वर्षदेखि बलात्कार गरिरहेको तथ्य सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार हरियाणा बजघेडा क्षेत्रमा बस्ने एक किशोरिले आफ्नो स्कूलकी शिक्षिकालाई आफ्ना पिताले केही वर्षदेखि आफूमाथि गलत गरिरहेको बताएकी थिइन् । शुरुमा त ती शिक्षिकाले १२ वर्षे किशोरिको भनाइलाई स्विकार गर्न सकिनन् । एक बाबुले आफ्नै छोरीमाथि यस्तो निकृष्ट काम कसरी गर्न सक्छ भनेर । तर जब १२ वर्षकी ती किशोरीले रुदै सवै वास्तविकता भनिन् तव ती शिक्षिकालाई विश्वास लाग्यो । उनले जयपुरमा बाल संरक्षण आयोगसँग सम्पर्क गरेर मानसरोवर थानामा पीडितका पिता विरुद्ध आरोप दर्ता गराइन् । आफ्नी छोरीमाथि बलात्कार आरोप लागेका पिता, मोबाइल टावरका लागि इलेक्ट्रिशियनको रुपमा काम गर्थे । र उनको परिवार उत्तर प्रदेशको कन्नेजमा बस्छ । यति मात्र होइन प्रहरी अनुसन्धानमा ती आरोपी व्यक्तिले आफ्नो जेठी छोरीको पनि बलात्कार गरेको पत्ता लागेको छ । यो सवै घटनाबारे पत्नी पनि जानकार थिइन् तर पतिको डर र समाजमा इज्जत गुम्ने डरले उनी चुप रहेको भारतीयसञ्चार माध्यमहरुले जनाएका छन् । हरियाणमा अस्मिाता नामक एनजीओ चलाईरहेकी प्रतिभा दीपक माहेश्वरीले बच्चीको यौन शोषणबारे आफ्नो तर्फबाट पनि अनुन्धान भइरहको बताइन् ।