काठमाडौं /किम जोङ् उनले उत्तर कोरियाको सर्वोच्च नेताको पद धारण गर्दा उनीसँग राजनैतिक र सैन्य अनुभव निकै कम थियो ।
उत्तर कोरियाका निकै लोकप्रिय मानिएका किम जोङ् इलले किम जोङ् उनलाई एक सफल उत्तराधिकारी बनाउने प्रयास गरिरहेका उनको डिसेम्बर २०११ मा निधन भयो ।
पिताको निधन पश्चात नै किम जोङ्लाई एक सफल उत्तराधिकारीको रुपमा पुकार्न थालियो र उनलाई पार्टीको सर्वोच्च पदका साथै राज्य र सेनाको उपल्लो पद पनि दिइयो ।
पदमा आएसँगै किम जोङ् उनमा आणविक हतियार बनाउने तृष्णाका कारण आणविक शक्ति प्राप्तिको लालसा पनि बढ्दै गयो ।
मर्निङ् स्टार किङ्ग
किम जोङ्–इलकी तेस्रो श्रीमति को योङ्–हुइको कोखबाट कान्छो सन्तानको रुपमा जन्मिएका किम जोङ् उनको जन्म सन् १९८३ वा १९८४ मा भएको थियो ।
उनको बाल्यकालमा उनले आफ्नो पिताको कार्यभार सम्हाल्लान् भनेर कसैले पनि अनुमान गरेका थिएनन् बरु उनका सौतेनी दाई किम जोङ्–नाम वा अर्का जेठा दाई किम जोङ्–कोल उत्तरको सर्वोच्च पदमा पुग्ने अनुमान थियो ।
तर सन् २००१ मा किम जोङ् नाम जापानबाट फिर्ता पठाएपछि र माहिला सौतेनी दाई किम जोङ्–कोल पनि नेता बन्न अयोग्य भएपछि उनको लागि बाटो खुलेको थियो । केही विश्लेषकहरुले किम जोङ् उन नै सर्वोच्च नेता बन्ने लक्ष्यण उनलाई सर्वोच्च राजनैतिक पद दिइएपछि देखेका थिए ।
आफ्ना दाजुहरु जस्तै स्वीट्जरल्याण्डमा पढेका किम जोङ्ले आफुलाई त्यस समयमै पश्चिमा प्रभावबाट टाढै बसेका थिए । त्यहाँ रहँदा उनी बिदाको समयमा घर नै फर्किन्थे भने बाहिर पनि उत्तर कोरियाली राजदूतसँग मात्रै जाने गरेका थिए ।
प्योङ्याङ् फर्किएपछि भने उनले किम इल–सुङ् सैन्य विश्वविद्यालयमा पढेको दाबी गरिन्छ ।
किम जोन उनकी आमा किम जोङ्–इललाई सबैभन्दा मन पर्ने श्रीमति थिइन् र उनले पनि किम जोङ्लाई विहानीको ताराको रुपमा रहेको राजा भनी दाबी गर्ने गर्थिइन् ।
सन् २०१० को अगष्टमा जब किम जोङ्–इल चीन भ्रमणमा निस्किए उनीसंगै किम जोङ् उन पनि चीन भ्रमणमा गएको खबर सार्वजनिक भएका थिए । यी घटनाले उन उत्तर कोरियाको उच्च पद तिर अघि बढिरहेको देखिएको र पिताको देहान्त पछि उनी स्वतः उत्तर कोरियाको उच्चपदस्थ नेता बने ।
सेना पहिला
किम जोङ् उनले आफ्नो पहिलो सार्वजनिक अभिव्यक्ति सन् २०१२ को अप्रिल १५ मा उत्तर कोरियाका पिता मानिएका किम इल–सुङ्को १०० औं जन्मोत्सवको अवसरमा दिएका थिए । सेना पहिला हुनुपर्ने अभिव्यक्ति दिदैं उनले आफ्नो देशलाई दिइदैं आएको चेतावनी अब सधैंको लागि अन्त्य भएको घोषणा गरेका थिए ।
सैन्य प्रविधि र उपकरणमा विशिष्टतामा साम्राज्यवादीको एकाधिकार तोडिएको छ, भनि घोषणा गर्दै उनले थपे, हामीले पिपुल्स आर्मड फोर्सलाई सुढृढ बनाउन कुनै पनि कसर बाँकी छोड्नु हुँदैन ।
किम जोङ्को नेतृत्वमा उत्तर कोरियाको आणविक र मिसाइल कार्यक्रम विकास भइरहेको र अहिले यो क्रम निकै अघि बढेको देखिन्छ । उत्तर कोरियाले यो वर्षको अगष्टसम्ममा मात्रै थप २ आणविक परिक्षण गर्दै परिक्षण संख्या ५ पुर्याएको छ ।
आफ्नो मिसाइलमा आणविक बम राखेर आक्रमण गर्ने तयारी गरिरहेको उत्तर कोरियाले कहिले आफ्नो लक्ष्यमा पुग्छ भन्नेमा भने विज्ञहरु नै अन्योलमा छन् ।
गत जुलाईमा मात्रै उत्तर कोरियाले अमेरिकी भूमीसम्म मार हान्न सक्नेगरि अन्तर महादेशीय क्षेप्यास्त्र बनाएको दाबी गरेको थियो । उत्तरको यस्तो घोषणासँगै ट्रम्प नेतृत्वको प्रशासनमाथि दबाब बढ्दै गएको छ भने उत्तर कोरियामाथिको प्रतिबन्ध पनि बढ्दै गएका छन् ।
विश्व राजनीतिमा अझै पनि किम जोङ् उन अज्ञात मात्राका व्यक्तिको रुपमा चिनिन्छन् । सत्तामा आएपछि उन अहिलेसम्म विदेश भ्रमणमा गएका छैनन् तर उनका पिता भने केही पटक चीनको भ्रमणमा निस्किएका थिए ।
आन्तरिक राजनीतिमा भने किम जोङ्ले आफ्नो देशका रक्षा मन्त्रीहरु परिवर्तन गर्दै आएका छन् । सन् २०११ यता मात्रै पनि उनले ६ पटक रक्षा मन्त्रीलाई नियुक्ति दिदैं पदमुक्त गराइ सकेका छन्, केही विश्लेषकहरु भने किमले आर्मी प्रति बफादार रहेका मानिस नपाएकाले यस्तो गरेको र उनले अरुलाई विश्वास नगरेकाले बारम्बार मन्त्री फेर्ने गरेको आंकलन गर्छन् ।
अझ उत्तर कोरियाभित्र रहेको सत्ता संघर्षको खुलासा सन् २०१३ मा किम जोङ्ले आफ्नै काका चाङ् सोङ्–थाएकलाई मृत्युदण्डको सजाय दिन लगाएपछि भएको थियो । त्यहाँको सरकारी सञ्चारमाध्यमले थाएकले कूको प्रयास गरिरहेको आरोप लगाएको थियो ।
यसका साथै किम जोङ्ले निर्वासनमा रहेका आफ्ना सैतेनी दाई किम जोङ्–नामको फेब्रुअरी २०१७ मा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा हत्या गर्न आदेश दिएको आरोप पनि लाग्दै आएको छ ।
पारिवारिक जीवन
उत्तर कोरियाली नेता किमको पारिवारिक जीवनबारे केही पनि सार्वजनिक भएको थिएन तर सरकारी टेलिभिजनमा एक अज्ञात महिला उत्तर कोरियाली नेतासँग देखिएपछि भने किमको बिहे भएको अनुमान गरिएको थियो । सन् २०१२ मा भने उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले किम जोङ् उनले कमरेड रि सोल–जुसँग बिहे गरेको घोषणा गरेको थियो ।
उनको बिहेको खुलासा भएको भए पनि रिको बारेमा धेरै जानकारी दिइएको गरिएको छैन । तर उनको स्टाइलिस लुक्सले भने उनी उच्च खानदानको भएको विज्ञहरुले अनुमान गरेका छन् ।
जसरी वैवाहिक जीवनबारे केही सार्वजनिक भएको थिएन त्यसरी नै किम र रिको बिहे कसरी भयो भन्ने पनि खुलेको छैन । तर केही मिडियाको दाबी अनुसार रिको सांगितिक प्रस्तुतिबाट मुग्ध भएका किम जोङ्ले रिसँग बिहे गरेका थिए ।
अझ अमेरिकी बास्केटबल खेलाडि डेन्निस रोडम्यान जसले सन् २०१३ र २०१४ मा उत्तर कोरियाली नेतालाई भेटे उनले उत्तर कोरियाली नेता दम्पत्तिको एक छोरी समेत रहेको बेलायती पत्रिका द गार्जियनलाई बताएका छन् । बीबीसीबाट