इराकमा कार बम विस्फोट हुँदा ८ को मृत्यु
धरान/इराक बगदादको सियाटी मुस्लिम क्षेत्रको व्यस्त तरकारी बजारमा कार बम विस्फोट हुँदा ८ जनाको मृत्यु भएको इराकी प्रहरीले पुष्टी गरेको छ ।
जसमा २५ जना घाइते भएका छन् । घाइते हुनेमा दुईजना प्रहरीहरु रहेको बताइन्छ । हालसम्म उक्त घटनाको कसैले पनि जिम्मेवारी लिएका छैनन् । प्रहरीले हालसम्म पनि उक्त घटना आत्मघाती कार बम बिस्फोट हो या पार्क गरेर राखिएको अवस्थामा विस्फोट भएको हो भन्ने बारेमा यकिन हुन नसकेको बताएको छ ।