राजविराज/सप्तरीको सुरुङगा नगरपालिका–५ मा गएराति सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।

[caption id="attachment_47524" align="alignleft" width="476"] Dead body in a mortuary[/caption]

मृत्यु हुनेमा ५५ वर्षीया सुगवतीदेवी यादव रहेकी छिन् । राति शौच गर्न बाहिर निस्कने क्रममा आफ्नै घरको आगनमा लुकेर बसेको विषालु सर्पले यादवलाई डसेको थियो ।

सर्पको डसाइबाट सिकिस्त भएकी उनलाई उपचारका लागि राहु स्मारक अस्पताल लहानमा भर्ना गरे पनि उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ ।

यस्तै सप्तरी जिल्लाको अधिकांश ठाउँमा सर्पको बिगबिगी बढेको छ । खासगरी बाढी प्रभावित क्षेत्र रम्पुरा मल्हनीया, सकरपुरा र डलुवा तथा तिलाठीसहितका ठाउँमा सर्पको बिगबिगी बढेको बाढीपीडितको भनाइ रहेको छ । रासस