जनेभा / संयुक्त राष्ट्रसङ्घ मानव अधिकार प्रमुख जैयद राअद अल हुसैनले मङ्गलबार एक विज्ञप्ति जारी गरी लेबनान, ट्युनिसिया र जोर्डनमा रहेको बलात्कारीले पीडितलाई बिहे गरेमा ऊमाथि कानूनी अपराध नलगाउने प्रावधान हटाएकोमा यसको प्रशंसा गरेकाे छ ।
बलात्कारबाट पीडित भएका व्यक्तिलाई विवाह गर्न प्रोत्साहन गर्ने खालको उक्त कानूनका कारण पीडितमाथि ती मुलुकमा अन्याय हुनेगरेको र यो गम्भीर अपराध भएको हुसैनले मङ्गलबार जारी गरेकाे एक विज्ञप्तिमा जनाइएको छ ।
विश्वको कुनैपनि मुलुकमा यसप्रकारको घृणित कानून नभएको बताउँदै उनले कानून पास गरेकोमा सम्बन्धित देशका सरकार तथा विधायकको प्रशंसा गरेकाे छ ।
उनले भने, “मैले लेबनान, ट्युनिसिया र जोर्डनले महिलामाथि हुने गरेका हिंसा उन्मुलनका लागि र यस्ता अपराधमा सम्लग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउने प्रयासलाई हृदयदेखि नै स्वागत गर्न चाहन्छु ।”
लेबनानले यही अगस्त १६ गते संविधानको धारा ५२२ को सजाँयसम्बन्धि कानूनी प्रावधानलाई खारेज गरेको थियो । जोर्डनले दुईहप्ता पहिले अगस्त १ र ट्युनिसियाले जुलाई २६ मा महिला हिंसा सम्बन्धि यस्तै प्रावधानलाई संसदको बहुमतका आधारमा खारेज गरेका थिए ।
रासस÷सिन्ह्वा