भद्रपुर । झापा गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारी, भन्सार, श्यालडांगी, सुकुम्बासी टोल र धानगाडा क्षेत्रका करिब ७५ घर परिवारले अझै राहत पाएका छैनन् ।

त्यस क्षेत्रका करिब १ सय ५० घरपरिवारले राहत पाएपनि उनीहरुले भने हालसम्म राहत नपाउको गुनासो गरेका छन् । अरु गाउँमा यति राहत आयो उति आयो भनेको चाँही सुनिन्छ तर हामीले चाँही नपाएको उनहिरुको भनाइ छ । विभिन्न खोलाको पुल तथा बाटो भत्काउँदा स्थानीयलाई समस्या छ । बाटोमा क्षति पुगेको छ । कनकाई सिंचाई आयोजनको नहरमा पनि क्षति छ ।

यस्तै साबिक महाभारा १ र २ जोड्ने खोलाको पुल बागाउँदा विद्यार्थीलाई समस्या भएको छ । उनीहरु दैनिक जोखिम मोलेर खोला तरेर विद्यालय जान बाध्य छन् ।