विजयपुर/इलाका प्रहरी कार्यालय धरानले मङगलबार एक महिला सहित ५ जना जुवाडे पक्राउ गरेको छ । पक्राउ परेका हरुलाई मङगलरबार नै जुवा ऐन अन्र्तगत मुद्धा चलाईएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
धरान १३ स्थित सुधा थापाको होटलमा जुवा खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको खतिवडाले बताए । पक्राउ पर्नेमा धरान १० का ५२ बर्षिय राम गुरुङ,धरान १० कै ३५ बर्षिय रामप्रसाद राई, धरान १३ की सुधा थापा,धरान ११ का रबिन्द्र लिम्बु र धरान १५ का भिम लिम्बु रहेका छन् ।
उनीहरुको साथबाट ४६ हजार १ सय नगदपनि बरामद गरिएको डिएसपी खतिवडाले ब्लाष्टलाइ जानकारी दिए ।पक्राउ परेकी होटल सञ्चालिका ले लामो समय देखि जुवा खेल्दै र खेलाउदै आएको सुचनाका आधारमा पक्राउ गरिएको उनले बताए ।