धरान/तेह्रथुम र मोरङ जिल्लामा सोमबार राती ट्याक्टर र मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाईते भएका छन्।
तेह्रथुमको छथर गाउँपालिका ५ स्थित भित्री सडक-खण्डमा शुक्रबारेबाट ओख्रेतर्फ जाँदै गरेको को १ त ६५६५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ३ जना घाईते भएका छन्।दुर्घटनामा परी ट्याक्टरका धनी तेह्रथुम सुदाप बस्ने ३७ बर्षिय छिरिङ लामा, ट्याक्टरका चालक तेह्रथुम आङदिम बस्ने २२ बर्षिय केशर बि.क. र सह-चालक आङदिम बस्ने मिलन शेर्पा घाइते भएका हुन्।
घाईते तीनै जनालाई उपचारकलागी धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।
त्यस्तै मोरङको बिराटनगर महानगरपालिका १५ मा को ४ प ४६३२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाईते भएका छन्।
बिराटनगरबाट जोगवनी जाँदै गरेको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक चालक बिराटनगर १७ बस्ने २५ को अमर महतो मोटरसाईकलको पछाडी सवार बिराटनगर १० बस्ने २५ बर्षिय अजय साह घाईते भएका हुन्।
घाईते दुबैजनाको कोशी अस्पताल बिराटनगरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।