भद्रपुर । बिजुलीको हाइटेन्सन तार चुँडिएर घरमा खस्दा ३ जना गम्भीर घाइते भएका छन् । झापाको गौरीगञ्ज गाउँपालिका–१, कुञ्जीबारीका चन्द्र काफ्लेको घरमा मंगलवार विहान बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर खस्दा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते हुनेहरुमा घरमुली ५५ वर्षीय चन्द्र काफ्ले, उनकी श्रीमती ४७ वर्षीया राधिका र २४ वर्षीया दमन्ता काफ्ले गम्भीर घाइते भएको झापाका प्रहरी प्रमुख तथा एसपी विष्णुकुमार केसीले जानकारी दिए । उनीहरुको अहिले बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।