भद्रपुर । रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले शिवसताक्षीका बाढी पीडितलाई राहत सामग्री वितरण गरेको छ ।
प्रतिष्ठानले शिवसताक्षी नगरपालिकाका विभिन्न वडाका बाढीपीडितका २० परिवारलाई राहत सामग्री वितरण गरेको हो । परिवारलाई चामल, दाल, खानेतेल, न्युटेला, चिउरा, आलु, विद्यार्थीहरुका लागि १÷१ दर्जन कपी, डटपेन र पेन्सिल वितरण गरेका थिए । प्रतिष्ठानले जिल्ला दैवी प्रकोप उद्धार समिति झापा र नेपाल रेडक्रस झापासँग समन्वय गरी उक्त सामग्री वितरण गरेको हो ।
प्रतिष्ठानका सचिव यज्ञराज ओली (गोपाल)का अनुसार नेपाल रेडक्रस सोसाइटी, झापा शाखा मार्फत प्रत्येक परिवारलाई १ थान त्रिपाल, कम्बल, खाद्य सामग्रीहरु तथा साडी, ब्लाउज, कुर्ता, पेन्ट लगायतका सामग्री वितरण गरेको बताए ।
बाढीको अति नै जोखिम मानिएकोे शिवसताक्षी क्षेत्रको कनकाई, कमल, सतासी, झिलझिले लगायतका नदीले जनधनको क्षति गर्दै आएको छ ।