भद्रपुर । जंगली हात्तीवाट भएको जनधनको क्षति स्वरुप हालसम्म झापामा २ करोड ३४ लाख ८३ हजार ४ सय २४ रुपंैया राहत वितरण गरिएको छ । हात्तीको क्रमणबाट मृत्यु, घाइते, अन्नबाली तथा भौतीक संरचना नष्ट लगायत विभिन्न शिर्षकमा गरि सो रकम राहत स्वरुप वितरण गरिएको जिल्ला वन कार्यालय झापाले जनाएको छ । आर्थिक वर्ष २०७३÷७४ मा मात्रै हात्तीको क्षति वापत ३९ लाख ९४ हजार २ सय ५ रुपैया राहत स्वरुप वितरण गरिएको जिल्ला वन कार्यालयका प्रमुख बोध राज सुवेदीले जनाए । वन्यजन्तु क्षतिपूर्ति नियमावली अनुसार जंगली हात्तीले ज्यान लिएका परिवार, अंगभंग भएका पीडित तथा बालीनाली नष्ट, घरगोठ क्षति वापत रकम वितरण गरिएको प्रमुख सुवदीको भनाइ छ । विगतका केही वर्षहरुमा भारतबाट प्रवेश गर्ने गरेका जंगली हात्तीले गाँउमा पसेर विशेष गरी उन्नबाली पाक्ने बेलामा उपद्रो मच्चाउने गरेको सुवेदीको भनाइ छ । भारतबाट आएका हात्तीहरु नियन्त्रणका लागी सरकारले विभिन्न पहल गरेको उनको भनाई छ । उनका अनुसार मेचीनगरपालिकाको बाहुनडाँगीमा १८ किलो मिटरसम्म फेन्सीङ तार जडान गरेर जंगली हात्ती नियन्त्रणको प्रयास गरिएको बताए । विद्युतीय तारबारका कारण उक्त क्षेत्रमा हात्ती आतंक केही हदसम्म रोकिएको उनले जनाए । पछिल्लो समय झापाका कचनकबल, बाह्रदशी, झापा, हल्दिबारी,बुद्धशान्ति गाँउपालिका तथा मेचीनगर, भद्रपुर र विर्तामोड नगरपालिकाका विभिन्न स्थानमा जंगली हात्तीले दुःख दिने गरेको पाइएको उनले बताए । स्थानीय सामुदायीक वनहरुमा बस्ने हात्तिले बेलाबेला गाँउमा पसेर उपद्रो मच्चाउने गरेको पाइएको छ । आर्थिक वर्ष २०६८÷६९ देखि २०७३÷७४ सम्ममा ३२ जनाले ज्यान गुमाउनु परेको तथा ८ वटा जंगली हात्तीको मृत्यु भएको जिल्ला वन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

हात्तीका कारण क्षति स्वरुव झापामा २ करोड ३५हजार राहत वितरण भद्रपुर । जंगली हात्तीवाट भएको जनधनको क्षति स्वरुप हालसम्म झापामा २ करोड ३४ लाख ८३ हजार ४ सय २४ रुपंैया राहत वितरण गरिएको छ । हात्तीको क्रमणबाट मृत्यु, घाइते, अन्नबाली तथा भौतीक संरचना नष्ट लगायत विभिन्न शिर्षकमा गरि सो रकम राहत स्वरुप वितरण गरिएको जिल्ला वन कार्यालय झापाले जनाएको छ । आर्थिक वर्ष २०७३÷७४ मा मात्रै हात्तीको क्षति वापत ३९ लाख ९४ हजार २ सय ५ रुपैया राहत स्वरुप वितरण गरिएको जिल्ला वन कार्यालयका प्रमुख बोध राज सुवेदीले जनाए । वन्यजन्तु क्षतिपूर्ति नियमावली अनुसार जंगली हात्तीले ज्यान लिएका परिवार, अंगभंग भएका पीडित तथा बालीनाली नष्ट, घरगोठ क्षति वापत रकम वितरण गरिएको प्रमुख सुवदीको भनाइ छ । विगतका केही वर्षहरुमा भारतबाट प्रवेश गर्ने गरेका जंगली हात्तीले गाँउमा पसेर विशेष गरी उन्नबाली पाक्ने बेलामा उपद्रो मच्चाउने गरेको सुवेदीको भनाइ छ । भारतबाट आएका हात्तीहरु नियन्त्रणका लागी सरकारले विभिन्न पहल गरेको उनको भनाई छ । उनका अनुसार मेचीनगरपालिकाको बाहुनडाँगीमा १८ किलो मिटरसम्म फेन्सीङ तार जडान गरेर जंगली हात्ती नियन्त्रणको प्रयास गरिएको बताए । विद्युतीय तारबारका कारण उक्त क्षेत्रमा हात्ती आतंक केही हदसम्म रोकिएको उनले जनाए । पछिल्लो समय झापाका कचनकबल, बाह्रदशी, झापा, हल्दिबारी,बुद्धशान्ति गाँउपालिका तथा मेचीनगर, भद्रपुर र विर्तामोड नगरपालिकाका विभिन्न स्थानमा जंगली हात्तीले दुःख दिने गरेको पाइएको उनले बताए । स्थानीय सामुदायीक वनहरुमा बस्ने हात्तिले बेलाबेला गाँउमा पसेर उपद्रो मच्चाउने गरेको पाइएको छ । आर्थिक वर्ष २०६८÷६९ देखि २०७३÷७४ सम्ममा ३२ जनाले ज्यान गुमाउनु परेको तथा ८ वटा जंगली हात्तीको मृत्यु भएको जिल्ला वन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।