भद्रपुर । नेपाली काग्रेसको भातृ संगठन नेवि संघको सहकार्यमा भद्रपुरका बाढीपीडितलाई राहत सामग्री वितरण गरिएको छ । काग्रेसका युवा नेता गगन थापाले सुरु गरेको मायाले भरिएको बाल्टी अभियान अन्तरगत भद्रपुर नगरपालिका क्षेत्रका बाढीपीडितलाई सोमबार राहत सामग्री वितरण गरिएको हो । भद्रपर ५ स्थित मेचीकिनार र भद्रपुर ८ स्थित सुकुम्बासी टोलमा गरी १ सय ७० जनालाई राहत सामग्री वितरण गरिएको नेवि संघका निमा गिरीले जानकारी दिइन् । काठमाडौबाट राहत सामग्री लिएर आएको नेवि संघको टोलीले झापा गाउपालिकाका एक सय घरपरिवारलाई समेत बाल्टीमा भरिएको राहत सामग्री वितरण गरिसकेको उनले बताइन् । भद्रपुर वडा नम्बर ५ का वडाध्यक्ष बन्धु कार्कीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा नेवि संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी लगायतको टोलीले बाढीपीडितलाई राहत सामग्री वितरण गरेका थिए । प्रत्येक बाढीपीडित परिवारलाई एउटा मख, चामल, तेल, दाल, जिवनजल, टि सर्ट, कम्बल, विस्कुट, चाउचाउ, औषधी, चिउरा लगायतको सामग्री भरिएको एउटा बाल्टी वितरण गरिएको भद्रपुरका महिला वडा सदस्य लत्ता कार्कीले बताइन् । कार्यक्रममा नेपाली काग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, नगर सभापति मोहन महर्जन, नेवि संघका केन्द्रिय सदस्य युवराज पाण्डे लगायतको उपस्थिती रहेको थियो । यसैगरी नेपाली काग्रेस ३ नम्बर क्षेत्रीय समिति र भद्रपुर नगर समितिले भद्रपुर ३ स्थित हातीमारा र नयाबस्तीका एक सय २० बाढीपीडित घरपरिवारलाई खाद्यन्न सामग्री वितरण गरेका छन् । यस पटकको तीज बाढीपीडितलाई राहत, धन्यवाद छ सहयोगि हातहरु भन्दै नेपाल महिला संघले भद्रपुर ३ स्थित मेचीपारीका एक सय ४८ र भैसाबाडीका एक सय ३३ बाढीपीडित घरपरिवारलाई राहत स्वरुप खाद्यन्न सामग्री वितरण गरिएको संघकी शर्मिला अधिकारीले जानकारी दिइन् ।