धरान/दार्जिलिङको मूख्य बजार चोकबजारमा विस्फोट गराएको आरोपमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङसहित तीनजनालाई पक्राउ गरेको छ ।
[caption id="attachment_53432" align="alignnone" width="660"]

फाेटाेः पिटिअाइ[/caption]
अध्यक्ष गुरुङसहित मोर्चाका नेताद्वय प्रविण सुब्बा र प्रकाश गुरुङ विरुद्ध शनिबार पश्चिम बंंगाल प्रहरीले गैरकानुनी गतिविधि गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । र, अनुसन्धानसमेत सुरु गरेको भारतीय सञ्चारमाध्यम द हिन्दूले जनाएको छ । गोर्खाल्याण्डको माग गर्दै विगत ६६ दिन यतादेखि दार्जिलिङबासी आन्दोलनरत छन् । यही बीचमा शनिबार बिहानको राति चोकबजारमा अज्ञात समूहले हाते ग्रिनेड हानेर विस्फोट गराएको थियो । शनिबार राति ११ बजे पनि कालिङपोङको प्रहरी कार्यालयमा ग्रिनेड हानिएको थियो । जसका कारण एकजना नागरिकको ज्यान गएको थियो भने दुईजना गम्भीर घाइते बनेका थिए । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, यो घटनामा मोर्चाको कुनै हात नहरेको दाबी गर्दै आइरहेको छ ।
भारतीय अनलाइन मिडिया द हिन्दूमा मोर्चाका नेता स्वराज थापाले भनेका छन्, ‘गोर्खाल्याण्ड नचाहानेहरु जो गोर्खाल्याण्डको मागप्रति संवेदनशील छैनन, सायद तिनीहरुले नै यो घटना घटाएका हुन् ।’ यो विस्फोटमा मोर्चाको कुनै हात नहरेको उनले द हिन्दूमा दाबी गरेका छन् ।