उत्तम नेपाल भद्रपुर । नर्वाचन आयोगले सुरु गरेको छुटेका मतदाता दर्ता सकंलन कार्यमा झापामा ७९ हजार ९ सय १३ मतदाताले दर्ता गराएका छन् । आगामी हुने दुइओटा निर्वाचनलाई मध्यनजर गरि आयोगले साउन १ गतेदेखि भदौ ३ सम्म सञ्चालन गरेको मतदाता दर्ता संकलनमा उल्लेखिय मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार झापामा रहेका १५ ओटा स्थानीय तहमा गरेको संकलन कार्यमा नगरपालिका अन्र्तगत भद्रपुर नगरपालिकाको जिल्ला निर्वाचन कार्यालयमा गरिएकोले सो नगरको ४ हजार ४ सय ६६,मेचनगरपालिका ७ हजार २ सय ४ ,कनकाइ ५ हजार ९, विर्तामोड ८ हजार १ सय १९, गौरादह ४ हजार ५ सय ३ ,अर्जुनधारा ७ हजार ३ सय १३, दमक ६ हजार ६ सय २ र शिवसतक्षीमा ५ हजार ४ सय ७४ मतदाता थपिएका छन् । त्यसैगरि गाउपालिका तर्फ कचनकवलमा १ हजार ९ सय २६,बाह्दर्शी २ हजार ५ सय ५६,झापामा १ हजार ८ सय ५७,बुद्धशान्ति ५ हजार ४ सय १४,गौरीगञ्जमा १ हजार ९ सय ६९ , कमलमा ६ हजार १ सय १८ र हल्दीवारीमा २ हजार ५ सय ९६ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए । आयोगले संकलन कार्यलाई जिल्ला निर्वाचन कार्यालय तोकेको अवस्थामा साउन १ देखि १५ गतेसम्म झापामा ८ हजार ७ सय ६० जनाले दर्ता गराएको आचार्यले बताए । जिल्लामा आएर दर्तागराउन समस्या देखिएपछि आयोगले १६ गतेवाट सम्बन्धित स्थानीय तह, निर्वाचन कार्यालय तोकेपछि छुटेका मतदाताले नाम लेखाउन सहज भएको उनको भनाई छ । आयोगले दिएको समयाअवधी भदौ ३ गते समाप्त भएकोले सवै तहमा संकलन भएको नामावली निर्वाचन कार्यालयमा आइसकेकोले व्यवस्थापन गरिरहेको उनले बताए । हालसम्म झापाको मतदाता संख्या आएपनि महिला,पुरुष के कति रहेका छन् भन्ने विषयमा छुट्याउन केहिदिन समय लाग्ने उनले जनाए । दोस्रो तहको स्थानीय तहको निर्वाचनमा ४ लाख १० हजार २ सय १६ मतदाता रहेका थिए भने अब झापामा ४ लाख ९० हजार १ सय २९ जना मतदाता संख्या रहेको निर्वाचन कार्यालयले जनाएको छ ।