धरान/२० केजी गाँजासहित एक पक्राउसुनसरीको वराह नगरपालिका २ बाट प्रहरीले २० केजी तयारी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा वराह नगरपालिका ६ शिवालका ४० वर्षीय शम्भु मण्डललाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय चतराका प्रहरी निरीक्षक गंगा पौडेलको नेतृत्वमा खटिएको टोलीले शनिबार साँझ उनलाई पक्राउ गरेको हो । प्रहरीले साह मण्डल सवार को १४ प ४१५२ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । पक्राउ परेका मण्डल अनुसन्धान भइरहेको पौडेलले बताए ।