भद्रपुर / हरितालिका तीजको अवसर पारेर विष्णु पाञ्चायन मन्दिर बचत समुहले जेष्ठ नागरिक सम्मान सहित विविध कार्यक्रम सम्पन्न गरेको छ । झापाको भद्रपुर १० मा रहेको समुहले शनिवार दर खाने कार्यक्रमको आयोजना गरि भद्रपुर ७ की ७४ वर्षिया जेष्ठ नागरिक पवित्रा देवि नेपाललाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी प्रद्युम्न न्यौपाने लगायत समुहका अन्य पदाधिकारीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । सोहि कार्यक्रममा कुर्सी छक्याइ,हण्डी फोर ,मनोरञ्जात्मक चिठठा तान्ने कार्यक्रम ,नृत्य समेत सम्पन्न गरिएको थियो । कुर्सी छक्याइमा रुकमीणा घिमिरे,हण्डीफोरमा सुसान्त नेपाल चिठठामा कल्पना चापागाई ,नर्वदा न्यौपाने, यशोदा घिमिरे र रमा न्यौपाने विजेता भएका थिए । विजेतालाई निर्णायक टोली प्रमुख सीताराम न्यौपानेले पुरस्कार प्रदान गरेका थिए । समुहकी अध्यक्ष कल्पना चापागाईको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण उत्तम नेपाल र राजन नेपालले गरेका थिए ।