भद्रपुर/हातमा हात समाई सहयोग गरौ भन्ने नाराका साथ आईएमई फाउण्डेशन नेपाल (आईएमई समूह)ले झापा भद्रपुरका बाढीपीडितलाई शुक्रवार राहत सामग्री वितरण गरेका छन् ।
साविक पृथ्वीनगर भद्रपुर नगरपालिका ३ नयाँबस्तीका सन्थाल र माझी समुदायका बाढीपीडित एक सय घरपरिवारलाई ३ सय थान घर बनाउने बाँस र एक हजार थान टि–सर्ट वितरण गरिएको आईएमई लिमिटेडका मेची अञ्चल प्रमुख रमेश बुढाथोकीले जानकारी दिए ।

स्वास्थ्य चौकी पृथ्वीनगरका प्रमुख नेत्र दाहालसहितको टोलीको सहयोगमा त्यहाँका बाढीपीडितलाई निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण समेत गरिएको अञ्चल प्रमुख बुढाथोकीले जानकारी दिए । आईएमई फाउण्डेशनले बाढीपीडित बनेका जिल्लाहरुमा राहत वितरण कार्यलाई तिव्रता दिएसगै झापामा पनि राहत वितरण सुरु गरिएको उनको भनाई छ । नेपाली काग्रेसका झापा ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेल, भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्की, नारायण दाहाल, कैलास बोखिम, राम कँडेल, खड्ग लिम्बु, समशेर तामाङ्ग, ग्लोबल आइएमइ बैक विर्तामोडका प्रमुख, पवन पौडेल, धुलावारी शाखा प्रमुख सुशिल बुढाथोकी लगायतले बाढी पीडितहरुलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा आईएमईको एजेन्सी रिता इन्टरप्राइजेजका सञ्चालक कृष्ण तुलाधार, ओमशान्ती सप्लायर्स, पुजा मणि ट्रान्र्सफर, दाहाल भेराइटीज, आरसि हाउस, न्यु झापा इलोक्टोनिक्स, मेची रेमिटान्स लगायतका एजेन्सी प्रतिनिधिहरुको उपस्थिती रहेको आइएमईका कर्मचारी गगन सिटौलाले जानकारी दिए ।