धरान/सुनसरीको इटहरीस्थित तरहरा जंगलमा एक युवाको वेवारिसे शव फेला परेको छ । शवको पहिचान खुल्न सकेको छैन् । तरहरा प्रहरी चौकीका अनुसार तरहराको जंगलमा शनिबार अपरान्ह शव फेला परेको थियो । उक्त शवलाई पोष्र्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । शवलाई मर्चरीमा राखिएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ ।