भीमदत्तनगर/ कञ्चनपुरको भीमदत्तनगरस्थित निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन कञ्चनपुरले बाढीपीडितका लागि राहत संकलन अभियान थालेको छ ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गौराजबहादुर लिम्बूले केही दिनयता स्थानीय व्यापारी, कर्मचारी, उद्योगीलगायत आम सर्वसाधारणबाट बाढीपीडितका लागि कर्मचारी युनियनले राहत संकलन गर्न थालेको जानकारी दिए। उनले हालसम्म रु डेढ लाख संकलन भइसकेको जानकारी दिँदै संकलित राहत रकम कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई हस्तान्तरण गरिने बताए । रासस