धरान/ तराइका जिल्लाहरुमा बाढीबाट विस्थापित भएकाहरुलाई राहत वितरण गर्न नेपाली युवाहरुको एउटा समुह देश तथा बिदेशमा सक्रिय भएको छ ।

सनिबार टुरुप संग्रौलाको नेतृत्वमा सप्तरीको कैलाडी गाँउपालिकाकाे वडा नं ४ मा रहेका ७१ घर भएकाे स्थानमा सिडीयाे माफर्त राहत वितरणका लागी पुगेका छन् । ८ लाख बराबरकाे सरसामान (खादन्न, त्रिपाल, अाैषधी लगायतका साम्रगी वितरण गरेका छन्। कैलाडीमा अहिले सम्म काेही पनि राहतका लागी नपुगेकाे जानकारी उपाध्यक्षले गराएका छन् । जँहा बालबालिका मात्र १ सय पचाँस भन्दा  बढी प्रभावित भएका छन् ।

नेपाली युवाहरुले खोलेको टुकेदर वी क्यान ब्रिङ द चेन्ज नामको संस्थाले सप्तरी तथा चितवनका बाढी पिडितहरुका लागि राहत संकलनको कार्यलाई तिब्रता दिएका छन् । संस्थाका सदस्यहरुको सक्रियतामा राहत संकलन र वितरणको कार्य भईरहेको संस्थाका अध्यक्ष तथा संस्थापक र राहत संकलनकालागि समेत अष्ट्रेलियामा सकृय रहेका निश्चल कार्कीले बताएका छन् ।

यसका साथै काठमाण्डौ,चितवन,पोखरा,धरान,बुटवल लागयतका ठाँउमा पनि ग्रुपले राहत संकलन गरिरहेको ग्रुपका उपाध्यक्ष टुरुप संग्रौलाले जानकारी दिएका थिए ।