लहान/विषालु सर्पको डसाइबाट सिरहाको सखुवानान्करकट्टी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।

खेल्ने क्रममा सर्पले डस्दा गाउँपालिका– १ निवासी पर्शुराम सदायका छोरा ११ वर्षीय भागवतको उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने क्रममा बाटामै मृत्यु भएको प्रहरी चौकी सीतापुरले जनाएको छ ।