ताप्लेजुङ/ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसिले सरकारी कार्यालयमा सुचनाको हक कार्यन्वयनमा कुनै कमि हुन नदिने बताए।
ताप्लेजुङमा सरुवा भई आउनुभएका प्रजिअ जिसिले शुक्रबार संञ्चारकर्मि सँगको भेटघाट कार्यक्रममा सुचनाको हकलाइ सबैले प्रयोग गरे अनियमितता र भ्रष्टाचारमा कमि हुने बताउँदै आफुले कार्यलय प्रमुखहरु सँगको भेटमा समेत सुचनाको हक संबन्धि सबै व्यवस्था लागु गर्न निर्देशन समेत दिएको बताए ।
आफु सो विषयको विद्यार्थी समेत भएको बताउँदै उनले सुचनाको हक सबै नागरीकले प्रयोग गर्न पाउँने बताउँदै कुनै कार्यलयले मागेको सुचना उपलब्ध नगराए आफुलाई जानकारी गराई कारवाहिका लागि सहयोग गर्न समेत सञ्चारकर्मिलाई आग्रह गरे ।
ताप्लेजुङमा सुचनाको हकका विषयमा सरकारी तथा सार्वजनिक कार्यालयका कर्मचारीनै जानकार नरहेको, सुचना माग गरे आनाकानि गर्न, समयमा सुचना उपलब्ध नगराउने, कार्यालयको सुचना सार्वजनिक नगर्न जस्ता प्रबृति रहेको सञ्चारर्किको गुनासोको जवाफ दिदै उनले आफ्नो कार्यकालमा यस्तो गतिविधिको सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
प्रमुख जिल्ला अधिकारीले निर्वाह गर्नुपर्ने भुमिकामा कुनै कञ्जुस्याई नगर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी जिसिले सार्वजनिक काम लगायत कार्यलयको सेवाका विषयमा सुधार गर्नपर्ने कुरामा सञ्चारकर्मिले सँधै खबरदारि गर्नपर्ने समेत बताए ।
भेटमा सञ्चारकर्मिहरुले विगत पाँच वर्ष देखि बेपक्त सञ्चारकर्मि मदन पौडेलको खोजिमा आफ्नो कार्यकालमा विषेश सक्रियाता देखाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् । साथै जिल्ला प्रशासन कार्यालय सहित सरकारी कार्यालयमा मुस्कान सहितको सेवालाई प्राथमिकतामा राख्न प्रमुख जिल्ला अधिकारीलाई सुझाव समेत दिएका छन् ।
यस अघि अध्यागमन विभागमा कार्यरत प्रजिअ जिसिले विहिबार देखि ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको कार्यभार समालेका हुन् । उनले यस अघि लम्जुङमा समेत प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाह गरेका थिए । यस अघिका प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्कालाई गृहले सप्तरी सरुवा गरी जिसिलाई ताप्लेजुङ पठाएका हुन् ।