शनिश्चरे/मोरङको पथरीशनिश्चरे ६ मा वक्राहा खोलाले बगाउँदा एक युवतीको ज्यान गएको छ । ज्यान जानेमा, जिल्ला भोजपुर खैराङ ६ घर भई पथरीशनिश्चरे ६ स्थित ठुलो बुवा दानबहादुर कार्कीको घरमा बस्दै आएकी १७ वर्षिया सरिता कार्की रहनु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

गाइवस्तु चराउन खोला पारी जानेक्रममा विहीबार खोलाले बगाएको थियो । यस्तै, रतुवा खोलाले बगाई ल्याएको अवस्थामा झापाको गौरादह नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । सेतो हाफपाईन्ट र घाँटीमा पहेलो माला लगाएको करिव ५०,५५ वर्षीय तराई मुलको जस्तो देखिने पुरुषको शव गौरादह ६ विपी चोकदेखि दक्षिण धानखेतमा फेला परेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।