स्पेन/ स्पेनको बार्सिलोनामा इस्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा १३ जना मारिएका छन् भने एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् ।
आईएसले नै गराउन लागेको दोस्रो आक्रमण विफल बनाउने क्रममा सुरक्षाकर्मीले गरेको कारवाहीमा चार जना मारिएको प्रहरीले जनाएको छ । बार्सिलोनानजिक कैम्ब्रिलसमा गराउन खोजिएको दोस्रो आक्रमण रोक्न गरिएको प्रहरी कारवाहीमा उनीहरु मारिएका हुन् । कैम्ब्रिलस बन्दरगाहमा गोली चलेको आवाज सुन्नेबित्तिकै प्रहरीले सर्वसाधारणलाई सडकबाट हट्न आग्रह गर्दै कारवाही थालेको थियो ।
स्पेनका प्रधानमन्त्रीनो रखाँयले आक्रमण आतंकवादीले गराएको बताएका छन् । उता, आइएसले पनि बार्सिलोना आक्रमणमा आफ्ना लडाकुको हात रहेको दावी गरेको छ । प्रहरीले आक्रमणमा प्रयोग गरिएको भ्यान भाडामा दिने व्यक्तिको तस्वीर भने सार्वजनिक गरेको छ । २० वर्षीय ड्रिम्स नाम रहेका उक्त ब्यक्तिको जन्म मोरक्कोमा भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।