धरान/हजका लागि साउदी अरेवियाले कतारको नागरिकहरुलाई सीमा नाका खुल्ला गरेको छ । [caption id="attachment_53156" align="alignnone" width="800"] तस्बिरः राेयर्टस[/caption] साउदीलगायत चारवटा देशले राजनीतिक र कुटनीतिक ‘नाकाबन्दी’ लगाए पनि कतारका नागरिकहरुलार्इ ‘हज’ का लागि साउदी अाउन साउदीका राजाले निमन्त्रणा गरेका छन् । साउदी अरेवियाले हजका लागि ‘हज यात्री’ हरुलाई मक्कामदिना प्रवेशमा रोक नलगाउने बिहीबार आधिकारिक धारणा सार्वजनिक गरेको छ । गत जेठ २२ गते अर्थात् जुन ५ बाट ‘आतंककारीहरुलाई’ सहयोग गरेको भन्दै साउदी अरव, युनाइटेड अरव इमिरेट्स, बहराइन र इजिप्टले कुटनीतिक रुपमा नाकाबन्दी लगाएको थियो । त्यसयता कतारको एयरलाइन्स ‘कतार एयरलाइन्स’ लाईसमेत ती देशहरुको एयरपोर्ट प्रयोगमासमेत रोक लगाएको थियो । तर, बिहीबार साउदी अरबको ‘आधिकारिक संचार संस्था’ ले कतारका हज यात्रीहरुको लागि सीमा नाका खुलाइएको जनाएको छ । साउदी अरवले सल्वा रोडको सीमा नाकाबाट हज यात्रीहरु प्रवेश गर्न सक्ने बताएको छ । जसका लागि कुनै पनि विद्युतीय प्रवेशाज्ञाको जरुरी नर्पने बताएको छ । साउदी संचार संस्थाले राजा सलमान बिन अब्दुल अजिज अल साद्को भनाई उदृत गर्दै कतारी हज यात्रीहरुलाई मक्कामदिनाको लागि निमन्त्रणा रहेको बताएको भनेर कतारको संचार संस्था अल जजिराले उल्लेख गरेको छ । युवराज सलमानले कतारी हज यात्रीहरुको लागि साउदीको एयरलाइन्समार्फत् ल्याउनको लागि पनि निर्देशन दिएको भनेर अलजजिराले लेखेको छ । साउदीले गरेको घोषणालाई भने अहिलेसम्म कतार सरकारले कुनै प्रतिक्रिया जनाएको छैन् । गत महिना साउदीले ‘हज यात्री’ हरुको हकमा उनीहरु साउदी आउन चाहेमा केही शर्तहरु लागू हुने कुरा बताएको थियो । जस अन्तर्गत मक्का मदिनाका लागि साउदी आउन चाहाने हजयात्रीहरुले साउदीबाट अनुमति लिनुपर्ने बताएको थियो । तत्कालीन समयमा कतार सरकारले हजलाई पनि राजनीतिकरण गर्न खोजेको र हज यात्रीहरुको सुरक्षाको विषयमा चिन्ता प्रकट गरेको थियो । हजको विषयमा साउदीले गरेको निर्णयलाई कतारको राष्ट्रिय मानव अधिकार समितिले स्वागतयोग्य कार्य मानेको छ । तर, कतारी हजयात्रीहरुको हकमा कुनै पनि भेदभाव गर्न नपाइने उल्लेख गरेको छ । इस्लाम धर्मालम्बीहरूले जीवनमा एकपटक अनिवार्य रूपमा हज जानै पर्ने र हज गएमा पून्य कमाइने इस्लाम धमशास्त्र कुरानमा उल्लेख गरिएकाे पाइन्छ ।