एजेन्सी/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका तानशाह किम जोङ उनको तारिफ गरेका छन् । ट्रम्पले गुआम द्विपमा आक्रमण नगर्ने निर्णय गरेको ‘समझदारी’ लाई उनले तारिफ गरेका हुन् ।
किमले यसै साता गुआममा आक्रमण गर्ने बताएका थिए । उनले भनेका थिए,‘गुआममा आक्रमण गर्ने तयारी अन्तिम चरणमा रहेको छ ।’ किमको यो फैसलाले अमेरिका र उत्तर कोरियावीच युद्ध हुने सम्भावना बढेर गएको थियो । तर, उत्तर कोरियाले गुआममा आक्रमण गर्ने योजना हाललाई रोकिएको बताएका छन् ।
उत्तर कोरियाले अमेरिकालाई खुल्ला चुनौती दिदै अमेरिका अधिन क्षेत्रमा आक्रमण गर्ने बताउँदै आइरहेको थियो ।तर, यो निर्णय रोकिए पछि ट्रम्पले किमको तारिफ गरेका हुन् । उता चीनले अमेरिका र उत्तर कोरिया चेतावनी दिएको छ । एक अर्कालाई धम्की दिन बन्द गर्न समेत चीनले आग्रह गरेको छ । उत्तर कोरियामा आक्रमण गर्ने अमेरिकाको निर्णयलाई लिएर चीनले आफ्नो वक्तव्य पनि जारी गरिसकेको छ ।