नुवाकोट/ नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने त्रिशूली नदीमा बगेर एक युवा बेपत्ता भएका छन् ।

[caption id="attachment_47524" align="alignleft" width="274"] Dead body in a mortuary[/caption]

शिवपुरी गाउँपालिका– ७ सुनखानी गुरुङगाउँका ५५ वर्षीया लालीमाया तामाङको घर नजिकैको जलेश्वर भीरबाट लडेर मृत्यु भएको छहरे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जयनारायण यादवले जानकारी दिए ।

हिजो साँझ घरायसी कामले त्यसतर्फ जानुभएकी उहाँ नफर्केपछि खोजी गर्ने क्रममा आज बिहान जलेश्वर प्रावि नजिकै भीरबाट लडेर बाटो भन्दा १५० मिटर तल मृत अवस्थामा भेट्टिएको थियो ।

यसैगरी सुर्खेत वीरेन्द्रनगर– ८ का रमेश मगरलाई त्रिशूली नदीले मंगलबार राति बगाउँदा बेपत्ता भएका छन् । नुवाकोट बेलकोटगढी नगरपालिका– ८ काशिटारमा त्रिशूली नदीबाट बालुवा झिक्ने क्रममा १८ वर्षका मगरलाई नदीले बगाएर बेपत्ता बनाएको हो ।

उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। नदीमा स्काभेक्टरको प्रयोग गरी अवैध रुपमा नदीजन्य सामग्रीे उत्खननका काम हुँदै आएको छ । रासस