उर्लाबारी / मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गएराति मोरङको बेलबारीमा एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

[caption id="attachment_47524" align="alignleft" width="413"] Dead body in a mortuary[/caption]

मृत्यु हुनेमा बेलाबारी–९ का ३२ वर्षीय समिर कार्की रहेका छन् । बेलबारी–९ स्थित भित्री सडकखण्डमा को २० प ३८३० नं को मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठक्कर खान पुग्दा चालक कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । रासस