धरान/मोरङ र सुनसरीबाट विहीबार लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा मोरङ केराबारी गाउपालिका–७ का २१ वर्षीय उत्तम बराइली छन् । त्यस्तै धरान–७ मा बस्दै आएका बराहा नपा–६ का २५ वर्षीय सन्दीय चौधरी रहेको प्रहरीले जनाएको छ । बराइलीको साथबाट ६४ ट्यावलेट स्पास्मोप्रोक्सिभन प्रहरीले चेकजाँचको क्रममा मोरङमा बरामद गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । त्यस्तै चौधरीको साथबाट १३ पिस नाइट्रोशन र ४ ट्यावलेट स्पास्मोप्रोक्सीभन बरामद गरेको छ । उनलाई डेल्टा अप्रेसन धरान सुनसरीको प्रहरी टोलीले पक्राउ गरेको हो भने उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।