विजयपुर/बिग इभेन्ट नेपालको आयोजनामा मिस प्लस टु हुने भएको छ । यसकालागि साउन ३० गते धरानमा अडिसन हुने भएको छ । बिग इभेन्टले पुर्वका झापा, मोरङ, तेह्थुम, उदयपुर, खोटाङ र भोजपुरमा यस अघिनै अडिसन सम्पन्न गरेको जनाएको छ भने अब सुनसरीमा साउन ३० गते अडिसन गर्ने बताएको छ । आयोजक समितीका निर्देशक तथा सुचना प्रमुख बिकास राईले अहिले प्रतियोगिताको प्रचारात्मक कार्यक्रमहरुपनि भई रहेको जानकारी दिए ।

प्रतियोगीताको फाईन भदौ २६ गते गर्ने बिग इभेन्टका अध्यक्ष सन्तोष राईले जानकारी दिए । फाईनलमा प्रतिस्प्रधा गर्न ३० जना प्रतियोगीहरुलाई छनौट गरिने सुचना प्रमुख बिकास राईले बताए । प्रतियोगीताको बिजेताले उपाधी सहित नगद ४४ हजार ४ सय ४४ ,फस्ट रनरअपले २२ हजार २ सय २२ र सेकेन्ड रनरअपले ११ हजार १ सय ११ रुपैया नगद पुरस्कार पाउने आयोजकले बताएको छ । यसका साथै बिजेताहरुलाई प्लस टुको पढाईपछि ब्याचलर पढ्न छात्रबृद्धिको पनि ब्यबस्था गर्ने आयोजकले जानकारी दिएको छ ।प्रतियोगीहरुलाई बिभिन्न बिधामा पनि पुरस्कृत गरिने भएको छ ।

प्रतियोगीताबाट मिस फ्रेण्डसीप,मिस फोटो जेनिक,मिस ट्यालेन्ट,मिस भ्युअर च्वइस,मिस क्याटवर्क,मिस डिसीप्लेन र मिस स्माईलको बिधामापनि नगद सहित पुरस्कृत गरिने आयोजक समितीका अध्यक्ष सन्तोष राईले बताए । प्रतियोगीहरुलाई बिभिन्न बिधाका ट्रेनिङ दिने ब्यबस्था समेत मिलाईने उनले बताए ।