धरान/इटहरीका एक व्यापारी धरानको एक होटलमा बसिरहेको बेला एक्कासी फेन्ट भएपछि उपचारमा लाने क्रममा मृत्यु भएको छ ।

धरान–९ स्थित होटल रत्नामा इटहरी–६ का करिव ४० वर्षीय व्यापारी गोविन्दप्रसाद दाहाल आइतबार राति होटलको रुममा फेन्ट भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा मृत्यु भएको हो । उनको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन् । तर, उनको मृत्युपछि उनको साथमा आएका युवतिलाई इलाका प्रहरी कार्यालय धरानले सोधपुछको लागि नियन्त्रणमा लिएको बताइएको छ । तर, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले कोही कसैलाई पनि पक्राउ नगरिएको दाबी गरेका छन् । ‘यो घटनामा कोही पनि पक्राउ परेका छैनन् ।’ उनले फोनसम्पर्कमा भने ।
एक सुत्रका अनुसार यौनबद्र्धक औषधि सेवन गरेको कारण ओभरडोज भएर मृत्यु भएको हुन सक्ने बताउँछ । डिएसपी खतिवडाका अनुसार होटलको सिढीमा चढ्ने क्रममा अकस्मात समस्या आएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लाने क्रममा मृत्यु भएको जनाएका छन् । तर, होटल सञ्चालक नविन श्रेष्ठका अनुसार आइतबार साँझ करिव ८ बजेतिर कोठामा प्रवेश गरेपछि केही क्षणपछि एक्कासी फेन्ट भएको आफ्ना कर्मचारीहरुलाई दाहालसँग आउने युवतिले फोन गरेपछि अस्पताल लगिएको थियो । फेन्ट भएर ढलेपछि फष्ट ऐड गरेर एम्बुलेन्समा हालेर प्रतिष्ठान पठाइएको उनले बताए । ‘उक्त युवति मिसेस हो÷होइन आफूलाई थाहा छैन् । म त्यो बेला होटलमा थिइन । घर गएको थिए । मलाई पनि स्टाफहरुले कल गरेपछि आउँदा फेन्ट भएको रछ । फष्ट ऐड गरेर एम्बुलेन्समा हालेर प्रतिष्ठान पठाएका थियौं ।’ उनले भने ।
उनको शवको पोष्टमार्टमपछि परिवारले शव बुझेर लगिसकेको इप्रका धरानका डिएसपी खतिवडाले बताए । परिवारले भवितव्यमा जाहेरी दिएकोसमेत उनले बताए ।