धरान/ पाेर्नाेग्राफीकाे लागि इटालीको मिलानबाट २० वर्षीया बेलायती मोडलको अपरहण भएको खुलेकाे छ । फोटोसुटको लागि मोडल एजेन्टमार्फत् इटाली पुगेकी थिइन् ।

फोटो सुटको लागि तयार पारिएको स्थानमा जाने क्रममा नै उनलाई दुईजना अपहरणकारीहरुले अपहरण गरेका थिए । उक्त मोडलको नाम सार्वजनिक गरिएको छैन् । उनी जुलाई १० का दिन फोटोसुटका लागि मिलान पुगेकी थिइन् । इटाली प्रहरीका अनुसार उनलाई ‘प्रोनोग्राफिक वेव’ को लागि दलालहरुले अपहरण गरेको हुन सक्ने अनुमान लगाएको छ ।
अपरहणमा संलग्न भएको आरोपमा ३० वर्षीय ‘पोल्याण्ड’ नागरिकलाई पक्राउ गरेको छ । बेलायतमा बस्दै आएका लुकाज हेर्वालाई अपहरणको आरोपमा जुलाई १७ को दिन पक्राउ गरिएको इटाली प्रहरीले सिएनएनलाई जनाएको छ । लुकाजलाई इटालीको मिलानस्थित बेलायती दुताबासीको अघिल्तिर नियन्त्रणमा लिएको मिलानस्थित मोबाइल टोलीका प्रहरी प्रमुख लोरेन्जो बुकोसीले सिएनएनलाई बताएका छन् ।
प्रहरीले अपहरणमा संलग्न अर्का व्यक्तिलाई पनि खोजी कार्य जारी राखेको छ । ती मोडललाई अपहरणकारीहरुले सुरुमा हमला गर्दै औषधि सेवन गराएर गाडीमा हालेर लिएर गएको देखिएको अनुसन्धानको क्रममा फेला परेको प्रहरीले बताएको छ । प्रहरीले अपहरणकारीहरुले प्रयोग गरेको कार, उनलाई राखिएको घरहरु पत्ता लगाइसकेको छ । तर, मोडललाई हालसम्म पनि उद्दार भने गर्न सकेको छैन् । अपरहणपछि दलालमार्फत् हाल मोडलको एजेन्टलाई ३ लाख युरोको माग गरेको छ । हाल इटाली प्रहरीले बेलायत, पोल्याण्ड र इटालीमा अनुसन्धानलाई जारी राखेको छ ।
अपहरणकारीहरु ‘चेलिबेटी बेचविखन गर्ने ठूलै गिरोह’ रहेको पत्ता लगाएको छ । सुत्रका अनुसार उनीहरुले ‘द ब्लाक डेथ ग्रुप’ नामक संस्था नै सञ्चालन गरेर बसेका छन् । जसले ‘डार्क वेव’ सञ्चालन गर्ने गरेको बताइन्छ ।