धरान/धरान उपमहानगरपालिका–२० बिष्णुपादुका भञ्ज्याङबाट प्रहरीले गाँजासहित बुधबार साँझ एक युवक समातिएका छन् । धनकुटा साँगुरी गाउँपालिका ९ का २६ वर्षीय भुपाल राईलाई डेढ किलो गाँजासहित पक्राउ गरेको हो । डेल्टा अप्रेसनले विशेष सूचनाको आधारमा धरानबाट खटिएको टोलीले को २० प ८५०७ नम्बरको मोटरसाईकलमा सवार राईलाई चेकजाँचको क्रममा समातेको हो । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ । त्यस्तै ईटहरी–१२ स्थित खनारबाट बराह गरपालिका ७ का १६ वर्षीय कौशल कालिकोटेलाई पक्राउ गरेको हो । प्रहरी चौकी खनारबाट चेकजाँचमा खटिएको टोलीलाई देख्नासाथ भाग्ने क्रममा कालिकोटेलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ३० थान लागूऔषध बरामद गरेको हो ।